Logo

काठमाडौंकाे सामाखुसीबाट सालकको खपेटासहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट करिब ३ केजी ५ सय ५० ग्राम तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित मकवानपुर गढी गाउँपालिका-८ बस्ने ४२ वर्षीय सूर्य बहादुर स्याङतानसमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साे स्थानमा दुर्लभ वन्यजन्तु सालकको खपेटा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई सालकको खपेटा र डिजिटल तौल मेसिनसहित पक्राउ गरेको हो । थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला डिभिजन वन कार्यालय हात्तीसारमा पठाइने छ ।

प्रतिक्रिया दिनुहोस्