Logo

काठमाडौं महानगरका मेयर शाहले लगाए सत्तारुढ दलहरुबाटै फोहोर लैजान सडक अवरुद्धको आरोप


३० साउन ०७९, काठमाडौं । काठमाडौं महानगरका मेयर वालेन शाहले सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरिएको आरोप लगाएका छन् ।
उनले २ सय भन्दा बढि प्रहरीहरु परिचालन गरेर फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजादा पनि केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरिएको उनले बताए । यसैकारण आज २ सय ३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकिएको उनको भनाई छ ।
उनले विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको बताएका छन् । राज्यले ५ अर्बभन्दा बढि लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ? भन्दै उनले प्रश्न गरेका छन् । उनले पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ? भज्लै अर्को प्रश्न गरेका छन् ।
उनले कसैलाई हराउने खेलमा महानगर नरहेको बताउदै सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर रहेको भनाई राखेका छन् ।

बालेनले बञ्चरेडाँडाबासीलाई भने, ‘विगत दोहोर्याएर अपराध गर्ने छैनौँ’
काठमाडौं महानगरका मेयर बालेन शाहले सिसडोलमा अन्धधुन्ध फोहोर फ्याकेर गल्ती भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहले सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक नभएको बताएकाछन् ।
सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील रहेको उनको भनाई छ । आफुले गरेका सहमतिहरुको पालना गर्ने र सबै पक्षबाट हामी त्यहि किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राखेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्