Logo

नयाँ पुस्ताले खोज्दैछ नयाँ नेता

एक आन्दोलनमा थापाथली क्याम्पसका विद्यार्थी । फाइल तस्विर : ललितपुर खबर

मिसन शर्मा
राजधानी काठमाडौजस्तो परम्परागत नेवारी समुदाय समेत रहेको शहरमा स्वतन्त्र उम्मेदवार वालेनले मेयर जिते । धरानमा शहरबासीलाई खानेपानी खुवाउछु भन्ने एउटा सानो मुला बोकेका हर्ष साङपाङ उदाए । यो देखेर बर्षैदेखि काठमाडौंमा मनोरेल कुदाउने र सिंगापुर बनाउने सपना देखाउनेहरु चकित परे ।
बलिया कार्यकर्ता पंक्ति र हजारौं भोटर रहेको पार्टीलाई निरिह बनाउदै एक्लो युवा अगाडि बढ्यो । तर पनि दलहरुलाई चेत छैन । देशलाई बर्बाद बनाउने एमसिसि र नागरिता विद्ययकमा घमण्ड देखाउा छोडेनन । एउटा दुइटा वालेन आउदैमा केही हुदैन भन्दैछन् ।
आजका युवा सबै जान्ने बुझ्ने छन् । क्षण क्षणमा हुने राजनीतिक तिकडम अनलाइन मिडियाबाट थाहा पाउछन् । समाज खुला छ । निर्वाचनको बेलामा पैसाको धोक्रो बोकेर हिडेको देख्छन् । झुट बोलेर निर्वाचनपछि वेवास्ता गर्ने नेता सबैले चिनेकै छन् ।
जसरी ०१७ सालको परिवर्तन चित्त नबुझेर त्यसताकाका नयाँ पुस्ताले ०४६ सालको प्रजातन्त्र रोजे, त्यसरी नै ०६२÷६३ का पुस्ताले गणतन्त्र खोजेका हुन् । यो राजनीतिक व्यवस्थाले केही नदिएपछि नयाँ पुस्ताले नयाँ नेता खोज्नेछन् । यो परिवर्तन कसैले रोकेर रोकिदैन ।
नेताहरुले भाषण गरेको सुनिन्छ । लोकतन्त्रको विकल्प छैन । गणतन्त्रको विकल्प छैन । यो राजनीतिक प्रणालीमा आफूले जनताका लागि तातोभुत्लो केही गर्न नसक्ने अनि गणतन्त्रको विकल्प छैन भनेर चिच्याउनुको कुनै तुक छैन । संसारमा सबै कुराको विकल्प छ । मेरो पनि विकल्प छ । म मरेपछि मेरो छोरो आउँछ । छोरोपछि नाती । कसैले घमण्ड नगर्दा हुन्छ ।
कतिपय राजनीतिक दलका नेताहरु जंगबहादुरबाट प्ररित छन् । आफूलाई जंगबहादुर सम्झन्छन् । कोत पर्व र भण्डारखाल पर्व पढेर इतिहासमा भएका अनेकौं तिकडमबाट सिक्दै देश चलाउन अघि बढेका छन् । तर त्यो जहानिया शासनको पतन क्षणभरमै भयो भन्ने चाही विसिन्छन् । ०५८ सालमा राजको हातमा शासन पुगेपछि रत्नपार्कमा आन्दोलन गर्न आउँदा एक्लो भएको विर्सन्छन् ।
यो गणतन्त्र खान नपाउने तर बोल्न चाही पाउने राजनीतिक प्रणालीको रुपमा चित्रित हुँदैछ । यो पुस्ताले भोको पेट राखेर गणतन्त्रको गीत गाँउदैन । जुन दिन युवा भोक्कै सुत्नुपर्ने दिन देख्छ । बोल्न होइन खानेकुरा खान भौतारिन्छ ।
आजका युवालाई विपी कोइरालाले भोगेको कारावारको कुनै मतलव छैन । न त पुष्पलाले गरेको संर्घषको । भष्टाचारले जकडिएको यो राजनीतिलाई हेरेर उ भन्छ,‘यी त सबै लुट्नका लागि गरिएको हो ।’
कुनै राजनीतिक प्रणाली आफैमा खराव हुँदैनन । राजनीतिक दलका नेताको निष्ठा,आचरण र मनसायले नै राजनीतिलाई बाटो दिइरहेकोे हुन्छ ।
यो पुस्ताले धराने मेयर युवा हर्ष साङपाङले कोदालो खनेर पानी ल्याएको देखेका छन् । काठमाडौंको फोहोर बञ्चरेडाँडा लैजान बालेनले संर्घष गरेको नजिकबाट निकालेका छन् । दलहरुले मिलेर छिर्केनी हानेको पनि बुझेका छन् ।
यो फोहोरमा फेहोरी खेल खेल्नेहरुलाई मंसिर ४ मा हुने निर्वाचनमा फ्याक्न बेर लगाउदैनन् । त्यसैले नयाँ पुस्ताले खोज्दैछ नयाँ नेता ।

 

 

 

प्रतिक्रिया दिनुहोस्