Logo

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

३१ साउन ०७९, काठमाडौं ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ । जसअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले सस्तिएर आएको छ ।
अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ । भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेको निगमका अधिकारीहरु बताउँछन् । नयाँ मूल्य पछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ मात्र घाटा रहने छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्