Logo

पैसा नभएको बैंकको चेक काट्ने काठमाडौं १० का बुढाथोकी पक्राउ

१ भदौ ०७९, काठमाडौं । पैसा नभएको बैंकको चेक काट्ने काठमाडौं वडा नं १० का निरज बुढाथोकी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीयअनुसन्धान ब्युरोले (सीआईबी) ले बुढाथोकीलाई मंगलबार कोटेश्वरबाट पक्राउ गरेको हो ।
३९ वर्षीय बुढाथोकीले निजलाई पैसा नभएको सेन्चुरी बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो ।
उच्च अदालत पाटनले बैंकिङ कसुरमा २०७७ साल पुस २९ गते फैसला गर्दै बुढाथोकीलाई बैकिङ कसुर अन्तरगत ४२ लाख रुपैयाँ जरिवानासहित ८ दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्