Logo

कुसुन्तीको माछापुच्छ्रे स्कुलले विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने


३ भदौ ०७९,ललितपुर । ललितपुर महानगरपालिका वडा नं १३ कुसुन्तीमा अवस्थित माछापुच्छ्रे स्कुलले इन्टरनेश्नल व्याकारलेरियट (आइबी वल्ड) अर्थात व्यवहारिकका साथै खोजमुलक शिक्षा प्रदान गर्ने मान्यता पाएको छ ।
विद्यार्थीलाई कक्षाकोठामा मात्र सिमित नगरी जीवन र जगतसँग समेत जोडाउने उद्देश्यका साथ विद्यालयले उक्त काम अघि बढाउने भएको हो ।
केही दिन अघि मात्रै आफूहरुले सो मान्यता पाएसँगै बालबालिकाको सिकाइ क्षमता र सिक्ने स्वभावको पहिचान गरी सोहि अनुरुप अन्तरराष्ट्रिय स्तरको शिक्षा प्रदान गराउने भएको विद्यालयका प्रधानाध्यापक अजबहादुर केसीले बताएका छन् । उनका अनुसार विद्यालयमा रटाउने शिक्षा प्रणाली छोडेर व्यवाहारिक शिक्षा दिदा युवा बेरोजगारी बस्नु पर्ने बाध्यता हटाउने प्रयास गरिएको हो ।
विद्यार्थीमा प्रगतिशील दृष्टिकोणको विकास गरी उनीहरुको सहभागितमा ज्ञान निर्माण गराउन मद्धत गराउने विद्यालयका व्यवस्थापक निर्देशक डा. विनोदप्रसाद यादवले बताए । प्रयोगात्मक शिक्षालाई व्यवहारमा उतारी सामाजिक परिवर्तनको सम्बाहक बनाउने लक्ष्य लिइएको उनको भनाई छ ।
३ देखि १२ वर्ष उमेर समुहका कक्षा नर्सरी देखि पाँच सम्म अध्ययन गर्ने विद्यार्थीलाई सिकाइमा मात्रै केन्द्रीत नगरी व्यवहारीक रुपमा समेत अध्ययन तथा खोज गर्न सो शिक्षाले सहयोग गर्ने स्कुलका शैक्षिक निर्देशक सम्पूर्णदेव उपाध्यायले बताए । उनका अनुसार अब स्कुलका हरेक विद्यार्थीले शिक्षा ग्रहण गर्दा घोक्ने मात्रै होइनन् बुझ्ने र अनुसन्धान गर्ने तर्फ ध्यान दिनेछन् । यस मान्यतालाई अघि बढाउदा बालबालिकाहरु व्यवहारीक तथा खोजमुलक शिक्षातर्फ कर्या उन्मुख हुनेछन् । परम्परागत शिक्षा अनुरुप आजका विद्यार्थीलाई अध्यापन गराउँदा हामीले उनीहरुको भविष्य लुट्दै गइरहेको अवस्था छ ।
विद्यार्थीले आफूसँगै परिवार त्यसपछि समाज हुँदै राष्ट्र तथा एक दिन विश्व समेत समेटने मानसिकताको विकास गर्नेविद्यालयको लक्षय छ ।
सन् १९९५ मा स्थापना भएको सो स्कुलले उच्च गुणस्तरीय शिक्षामा विश्वसनीयता कायम गरेको विद्यालयकावादी छ ।

प्रतिक्रिया दिनुहोस्