Logo

महाँकाल पुर्व विद्यार्थी संघमा हजुरबादेखि नातीसम्म सदस्य


४ भदौं ०७९, ललितपुर । दक्षिण ललितपुरको महाँकाल पुर्वविद्यार्थी संघमा हजुरबादेखि नातीसम्म सदस्य रहेको खुलेको छ ।
संघका उपाध्यक्ष केशब प्रसाद घिमिरेले २०३८ साल देखि महाँकाल मा .वि मा एसएलसी सुरु भएको बताउँदै हाल सम्म ४१ ब्याच पास भएर देश तथा विदेशमा बसोबास गरीरहेकाले बताए । उनले हजुरबादेखि नातीसम्म सदस्य रहेको संघमा ५ लाख अक्षयकोष तथा आजिवन २३० सदस्य भएको बताए ।
महाँकाल पूर्वविद्यार्थी संघ गोटिखेल १८ औँ वार्षिक साधारण सभाले अध्यक्षमा डा. लक्ष्मण प्रसाद घिमिरे , उपाध्यक्ष सहदेब बन्जारा ,सचिब कमल तिमल्सिना , सह– सचिब सुन्तला दुलाल , कोषाध्यक्ष रामरमण हुमागाई, सदस्यहरुमा परशुराम सापकोटा , लक्ष्मण दुलाल, श्याम बजगाई , रमेश घिमिरे , रामशरण तिमल्सिना , रविन्द्र तिमल्सिना , सुमित्रा घिमिरे र अनु घिमिरे निर्वाचित भएको छन् ।
सभाले महाँकालका पूर्व विद्याथीहरु २०७९ को स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधी तथा अक्षय कोष बनाउन सहयोग गर्ने दातालाई पनि सम्मान गरेको छ । कार्यक्रमा २०३९ साल देखि ०७४ साल सम्मका पूर्व विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्