Logo

काठमाडौं नगर प्रहरी बलको प्रमुखमा पाण्डे

६ भदौ ०७९, काठमाडौँ । काठमाडौँ महानगरपालिका नगर प्रहरी बलको प्रमुखमा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कार्यभार सम्हाल्नु भएको छ । भदौ २ गतेको निर्णयअनुसार आइताबार पदबहाली गरेका हुन् ।

पदबहाली लगत्तै उनले सहरी सुव्यवस्थापनका लागि नगर प्रहरीहरुलाई व्रिफिङ् गरेका थिए ।
पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

२०७७ सालमा उनको नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएको थियो ।

२०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन — २०७७’ को व्यवस्थाबाट समायोजन हुने क्रममा उनको पदोन्नति भएको हो । त्यस ऐनबाट महानगरमा कार्यरत १५ सय ५० कर्मचारीहरुको १ तह माथिको पदमा समायोजन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्