Logo

सांसद गिरिको निधनप्रति शोक प्रस्ताव पारित

६ भदौ ०७९, काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित भएको छ । प्रतिनिधिसभाको आगामी बैठक मंगलबार १० बजेका लागि बोलाइएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
राष्ट्रियसभाले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको थियो  ।

राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्