Logo

ट्याक्सीमा छुटेको गरगहना ट्राफिक प्रहरीको पहलमा फिर्ता

६ भदौ ०७९, काठमाडौं । काठमाडौंमा ट्याक्सी चढ्ने क्रममा छुटेको गहना ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ। भदौ ५ गते अन्दाजी १६ः४५ बजेको समयमा दरबारमार्गदेखि पेप्सिकोलासम्म यात्रा गर्ने क्रममा नम्बर नखुलेको भाडाकारमा सुनको तिलहरी १.५ तोलाको–१ थान, मारवाडी रिङ १.५ तोलाको–२ थान, जन्तर ८ आनाको –१ थान, चाँदीको बाला ४ तोलाको–१ थान, रेडमो गो मोडलको मोबाइल फोन–१ थान, नागरिकता–३ थान र नगद रू.८ हजार सहितको लेडिज ब्याग छुटेको भनि जयकला राईले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्।

सो निवेदनको आधारमा खोजतलास गर्दा बा २ ज ५०३७ नम्बरको भाडाकार चालकले सामानहरु सहितको ब्याग फेला पारी सुरक्षित साथ राखिदिएको अवस्थामा पाइएकाले ट्राफिक प्रहरीले जनाएको छ। सम्बन्धित धनीको पहिचान गरी आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा हस्तान्तरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्