Logo

अवैध संरचना हटाउन डोजरसहित फिल्डमा बालेन(भिडियोसहित)

८ भदौ ०७९,काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सापास भन्दा बाहेकका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ। नक्सापास बाहेकका अवैध संरचना भत्काउन यसअघि नै ३५ दिने सूचना जारी गरेको महानगरले म्याद सकिएपछि डोजरसहित फिल्डमा खटिएर अवैध संरचना हटाउन थालेको हो।

बुधबार विहानैदेखि सुन्धारस्थित काठमाडौं मलअगाडि, खिचापोखरीमा रहेको आरबी कम्प्लेक्स अगाडि र न्यूरोडमा अवैध संरचना हटाउन महानगर सक्रिय छ। मेयर बालेन शाहकै उपस्थितिमा नक्सापास विना बनाइएका अवैध संरचनाहरू धमाधम भत्काउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्