Logo

चापागाँउ हुनुपर्ने थियो ललितपुरको सदरमुकाम


मिसन शर्मा
ललितपुर भन्ने वित्तिकै पाटन शहरलाई बुझिन्छ । वालकुमारीदेखि सानेपाभित्रको पाटन शहर आफैमा ललितपुरको परिचय बोकेको छ ।
के ललितपुर भनेको यही पाटन शहर मात्रै हो ? धरैलाई थाहा छ । ललितपुरमा गोदावरी छ । बज्रवाराही छ । अनि लेले, लुभु अनि लामाटार पनि ।
यति मात्रै होइन ललितपुरको भूगोलको दुई तिहाई भाग पहाडी क्षेत्रमा छ । दक्षिण ललितपुरको दुर्गम कर्णालीको परिचय बनाएको भूभागमा ३ वटा गाँउपालिका छन् वागमती, महाँकाल र कोञ्ज्योसोम ।
यी तीनै गाँउपालिकाको सदरमुकाम हो चापागाँउ बजार । पछिल्लो समय बज्रवाराहीमा गोदावरी नगरपालिकाको केन्द्र बनेसँगै गोदावरी, ठैब,झरुवाराशी, विशंखुनारायण,छम्पी र ढुकुछापलगायतको काँठ क्षेत्रको पनि सदरमुकाम चापागाँउ दरिएको छ ।
समग्रमा चापागाँउ ललितपुरको केन्द्र हो । तर सबै जिल्लाका सरकारी कार्यालय ललितपुरको पाटनमा रहेको छ । दक्षिण ललितपुरको गम्दी,ठूलादुर्लुङदेखिका सर्वसाधारण पाटनसम्म धाउनु पर्छ । यहाँबाट विहान बस चढे दिउँसो मात्रै चापागाँउ आईपुगिन्छ पाटन पुग्दा कार्यालयको समय घर्किसकेको हुन्छ ।
बढी पहिरोका कारण सडक बन्द भए एक दिनमै दक्षिण ललितपुरका दुर्गम गाँउहरुबाट सदरमुकाम आईपुगिदैन । पहाडको बाटो हिडेर आउन कठिन छ ।
चापागाँउबाट लगनखेल साधुरो बाटोका कारण पुग्न झन् कठीन छ । यहाँका सार्वजनिक यातयात व्यवस्थित नहुँदा ८ किलोमिटरको बाटो पार गर्न हरेक दिन एक घण्टा लाग्छ ।
जिल्लाको विकासका लागि दुरदर्शी नेता नहुँदा ललितपुरको दक्षिण भेगको हालत अहिले पनि दोश्रो कर्णलीको जस्तै छ । हेटोडा काठमाडौंको छोटोमार्ग कान्तिलोकपथ यही दक्षिण ललितपुर हुँदै जाने भए पनि यो सडक टाठा बाठाहरुको कमाउने भाँडो बनेका कारण दिगो बन्न सकेन ।
प्रदेश सदरमुकामको बहसको क्रममा ललितपुरलाई सदरमुकाम बनाउन सकिने तर्क राजनीतिक बृत्तमा आयो । त्यसताका अन्य जिल्लाका नेताहरुको जुगाको लगाई लडिरहेको बेला यहाँका नेताहरु केन्द्र रिसाउने र आफू राजनीतिमा पछि पर्ने डरले कोही बोलेनन् । काभ्रे र मकवानपुरको झगडा नमिलेको अवस्थामा ललितपुरको लेलेमा सदरमुकाम बनाउन सकिन्थ्यो ।
अन्य जिल्लाले हेटौडालाई सदरमुकाम बनाउनुभन्दा बरु ललितपुरलाई सदरमुकाम बनाउऔं भनेर प्रस्ताव ल्याउदा यहाँकै केही नेताले सार्वजनिक जग्गा नभएको र राजधानीकै शहर भएकाले हुदैन भन्दै हिडे । जवकि लेलेको जंगललाई आईएनजिओले सञ्चालन गरेको आनन्दबन अस्पताललाई सरकारले नै सयौं रोपनी जिल्ला दिएको छ ।
नालायक नेतृत्व
दुभाग्य नै भन्नुपर्छ ललितपुरले दरियो नेता नै जन्माउन सकेन ।
ललितपुरको विकाशका लागि ललितपुर बाहिरका नेताले नै नेतृत्व लिइदिनु पर्ने अर्को दुर्भाग्य हो । ललितपुरमा कहिले लिलामणी पोखरेल,सुशीला नेपाल, पम्फा भुसाल, बर्षमान पुनले नृर्तत्व लिए । तर जिल्ल भित्रैका नेताहरु उदय शम्सेर राणा,मिठाराम शर्मा र नवराज सिलवाल र हरि दाहाललगायतको भूमिका गौण रह्यो ।
ललितपुरको विकासमा दुरगामी भिजन,स्प्रष्ट अडान र नेतृत्वदायी भूमिका देखाउन सक्ने नेता नहुँदा यो अवस्था आएको हो । केन्द्रमा प्रभाव राख्न नसक्दा जिल्लाको नेता हुन नसक्ने मनोदशाका कारण कारण पनि ललितपुरमा दरिलो नेताको अभाव भएको हो ।
यहाँ पछिल्लो समय जनआधार बलियो भएको कोही पनि नेता देखिएनन् । एकाध बाहेक एक पल्ट निर्वाचन जितेपछि दोश्रोपल्ट जित्न नसक्ने हुँदा जिल्लामा प्रभावशाली नेतृत्व देखिएन ।
यहाँका नेताहरुको जिल्लाको विकासमा प्रष्ट अडान राखेर काम गरेको पाइदैन । ललितपुरको विकाशको रोडम्याम र दिर्घकालिन योजना कसैले ल्याएको देखिदैन । दक्षिण ललितपुरको विकासको कोषेढुंगा सावित हुने कान्तिलोकपथको दिगो सञ्चालनका लागि कसैले ठोस पहल गरेको छैन । मध्य ललितपुरको विकाशको आधार ललितघुम्तीको स्तरोन्नती, नख्खुकरिडोरको निर्माण र चापापागाँउ ढोलाहिटी सडक स्थानीयलाई चित्त बुझाएर विस्तार गर्न सक्न्े नेतृत्व यहाँ छैन ।
यहाँको विकाश प्रयासमा ललितपुरमा राजनीतिक दलको पनि भूमिका गौण छ । निर्वाचनका बेला भए नभएका योजनाको फेरिस्त सामाजिक सञ्जालमा शेयर गर्न लगाउने तर अरु समय हराउने यहाँको नेतृत्व सच्चिन जरुरी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्