Logo

लगातार घटेको सुनको भाउ आइतबार बढ्यो

१९ भदौं ०७९, ललितपुर । आइतबार सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९३ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ९३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि बढेर ९३ हजार १०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ११० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्