Logo

भक्तपुरको लोकञ्थली सडकमा ट्रफिक प्रहरीलाई घुस खुवाउन खोजेपछि …

२३ भदौ ०७९, भक्तपुर । भक्तपुरको लोकञ्थली सडकमा मादक पर्दाथ सेवन गरेर मोटरसाइकल चलाउने चालक ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्दै घुस खुवाउन खोजेपछि पक्राउ परेका छन् । काठमाडौं कागेश्वरी मनहरा नगरपालिका २ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई गएराति घुस खुवाउन खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।
मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा.८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनले प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकल सहित उनलाई प्रहरीले पक्राउ गरेकोप्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्