Logo

भैसेपाटीको मेडिसिटी,चौधरी ग्रुप र मन्त्री क्वाटरमा जग्गा विवाद, वडाध्यक्ष खड्का भन्छन्,‘मिच्न दिदैनौं’

२४ भदौं ०७९, ललितपुर । ललितपुर महानगरपालिका १८ को वडाध्यक्षले भैसेपाटीको मेटिसिटी,चौधरी ग्रुप र मन्त्री क्वाटरमा जग्गा विवादमा आफू इमान्दार भएर जनताको पक्षमा काम गर्ने बताएका छन् ।
उनले ललितपुर महानगर १८ भैसेपाटीका वडाध्यक्ष दामोदर खड्काले व्यावसायीहरुले व्यावसायीहरुले गराउन खोजेको अवैध काम आफूले नगर्ने बताए । उनले कर्मचारीहरुलाई प्रलोभन देखाएर काम गराउन खोज्ने सम्भावना औल्याउदै काम भएको खण्डमा कर्मचारीहरुले जिम्मा लिनु पर्ने बताए ।
वडाध्यक्ष खड्काले चौधरी ग्रुपबाट दोश्रो ठूलो प्रतिनिधि आएर काम गर्न जग्गाको मालपोत बुझ्न फकाउन खोजेको बताए । उनले चौधरी समूले आफ्नो वडामा बनाएको संरचनाको विवरण बुझाएर सम्पती कर नबुझाएसम्म मालपोत नबुझने अडान राखे । उनले भने, ‘मलाई उनीहरुले फोन गरेर डिनर खान बोलाउछन् । मैले ढिडोमा व्यस्त छु भनेर जवाफ दिने गरेको छु ।’


मेडीसिटी अस्पतालको जग्गा विवादमा पनि आफू सधै अडिक रहने उनले बताए ।
मेडिसिटीले डाँडाको सार्वजनिक जग्गा मेडिसिटी अस्पताल बनाउन प्रयोग गरेर काम नलाग्ने खोलाको नजिक जग्गा साटेको विवाद अहिले चलिरहेको छ । त्यही सट्टा जग्गा कायम रहेको बाटोमा आफूले दिएको भन्दै नक्कली कागजात खडा गरि मिलाउन खोजिरहेको छ ।
मेडिसिटीले एउटै कार्यालयबाट एउटै चलानी नम्बरमा एउटै मितीमा हस्ताक्षर गरेको दुईवटा कागजात फेला गरेको उनले खुलासा गरे ।
बनिराखेको मोटरबाटोलाई गोरेटो भनिएको र त्यही बाटोलाई माडिसिटीले जग्गा थपेको देखाइएको पत्र वडाध्यक्षकोमा आएको छ ।


उनका अनुसार २०७५÷७६ आर्थिक बर्ष र चलानी नम्बर १ सय ७० मा दुई वटा पत्र आएको उनको भनाई छ । एउटा पत्रमा श्रप्मान्को सही रहेको र सर्जिमिन गरिएको छ । त्यो जग्गामा सर्जिमिन गर्दा मेडिसिटीमा काम गर्ने कर्मचारी राखेर नक्कली सर्जिमिन बनाइएर हाल साविक गरिएको हो ।
यस घटनामा कानूनी सहायता लिन, मुद्दामा जान र भर्ना कस्न जानु पर्ने जुलुस गर्नुपर्ने अवस्थामा स्थानीय वडाबासीलाई आफूले खबर गर्ने वडाध्यक्ष खड्काले बताए ।
उनले गलत काम प्रवेश हुनै नपाउने बताए । धेरै फोन आउने गलत काम गर्न उत्प्रेरित गर्ने क्रम बढिरहेको बताउदै उनले आफू भएसम्म दवाव थेप्ने आफूपछिले नसके पुर्खाले दवाव झेल्ने बताए । उनले भने आफू रुपैयाँमा विक्नका लागि आफू विक्रिको खशी बोका नभएको बताए । ‘ढुक्क हुनुस शिर झुकाउने काम गर्ने छैन’ उनले भने ।अदालतले नै निर्णय गरे पनि जनतालाई नै उभ्याएर मात्रै काम गर्ने बताए ।


मन्त्री क्वाटरमा समेत ११ मिटरको बाटोलाई मापदण्ड घटाएर ८ मिटर बनाइएकोमा उनले असन्तुष्टि व्यक्त गरे । ‘बाटोको जग्गा लिन तरकारी किनेजसरी मोलमोलाई गरेर ८ मिटरमा सहमती भयो ।’ सुरक्षाका कारण देखाएर बाटोमो मापदण्ड मन्त्री क्वाटरले नै नमानेको उनको भनाई छ ।
चौधरी ग्रुपले आफूले नियम संगत ढंगबाट काम गरिरहेको बताएको छ भने मेडिसिटीले सट्टामा जग्गा दिएको बताउदै आएको छ ।
मन्त्री क्वाटरमा नजिकै मन्दिरपछाडिको ३ फिटको जग्गा लिन धेरै कठीन भएको बताए । ललितपुर महानगर १८का नेकपा माओवदी पार्टी नगर कमिटी सदस्य विश्व थापाले शिक्षामा छात्रबृत्ती र रोजगारीलगायतको विषयमा स्थानीयसँग सहमती भए पनि सार्वजनिक जग्गा छुट्याउदा जनतालाई रोहवरमा नराखेको बताए ।
राम्रो ठाँउको जग्गामा अस्पताल बनाएर मेडिसिटीले काम नलाग्ने ठाँउमा जग्गा छोडेर जनतालाई ठगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्