Logo

ललितपुर बचत संघमा फेरि रामहरि नै वियजी


२७ भदौं ०७९,ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा रामहरि बजगाई विजयी भएका छन् ।
ललितपुरको महालक्ष्मीस्थानस्थित एक पार्टी प्यालेसमा आयोजना गरिएको २८ औं बार्षिंक साधारणसभाले उनलाई चारबर्षे कार्यकालका लागि फेरि नेतृत्व सुम्पेको हो ।
विद्युतीय मतदानबाट गरिएको भोटिङमा जम्मा ३ सय ६३ मत खसेको थियो । अध्यक्ष पदमा विजेता बजगाईले २ सय २५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नरेन्द्र महर्जन १ सय ३३ मत मात्रै पाउन सफल भएका छन् ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्राचार्य विजयी भ ए भने सचिवमा श्यामकृष्ण महर्जन विजयी भएका छन् ।
बरिष्ठ उपाध्यक्ष विजेता बज्राचार्यले २ सय ३३ मत पाउँदा उनका प्रतिस्पर्धी कर्ण देसारले १ सय २५ मात्रै पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्