Logo

ललितपुर बचत सहकारी संघको निर्वाचनमा भड्किलो प्रचार

ललितपुर खबर
२७ भदौं ०७९, ललितपुर । ललितपुर बचत तथा ऋण सहकारी संघको निर्वाचनमा भड्किलो प्रचार–प्रसार भएको छ । ललितपुरको महालक्ष्मीस्थानस्थित एक पार्टी प्यालेसमा भएको निर्वाचनमा भड्किलो प्रचार प्रसार गरिएको हो ।
निर्वाचनमा
नेपाली कांग्रेस निकट र नेकपा माओवादी निटकका दुई प्यानल उम्मेद्वार छन् । निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग भएको छ । निर्वाचन समितीका सदस्य तेजप्रसाद बजगाईले ललितपुर खबरसँग भने , ‘हामीले अघिल्लो निर्वाचनमा पनि यही मेसिन प्रयोग गरेका थियो । यो पल्ट पनि राम लक्ष्मणले निर्माण गरेको मतदान मेसिन प्रयोग गर्दैछौं ।’ उनका अनुसार मतदान टुंगिएको १ घण्टाको सेरोफेरोमा मत परिणाम सार्वजनिक हुनेछ ।
संघको नयाँ नेतृत्वका लागि रामहरि बजगाई र नरेन्द्र महर्जनबीच प्रतिस्पर्धा भएको छ ।
शनिबार चुनावी प्रक्रियाका लागि भएका उम्मेदवारी दर्तामा हेल्लो सहकारीका बजगाई र पानोरमा सहकारीका महर्जनले उम्मेदवारी दर्ता गराएसँगै प्रतिपर्धा टुंगो लागेको थियो ।
उम्मेदवारी दर्ता गरोउनेहरुमा उपाध्यक्षतर्फ रत्नाकर सहकारीका करुणारत्न बज्राचार्य, न्हाँकद सहकारीका कर्ण देशार रहेका छन् ।
पद्मावती सहकारीकी लक्ष्मी शाक्य र थ्याका सहकारीकी उज्ज्वला बज्राचार्य शाक्य छन् ।
सचिवमा लेखापढी सहकारीका श्यामकृष्ण महर्जन,करुणामय सहकारीका राजु ताम्राकार र दर्पण सहकारीका दीपक घिमिरे छन् । कोषाध्यक्षमा नवदुर्गा सहकारीका वसन्त माली र सुवर्ण सहकारीका विभुशोन शाक्यको उम्मेदवारी परेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्