Logo

हट मोडल सुजाता पाण्डेको मोडलिङ मोह


३० भदौं ०७९,काठमाडौं । मोडलिङ आफुलाई अब्बल साबित गर्न सफल बनेकी मोडल तथा नव गायिका हुन् सुजाता पाण्डे । उनी मनोरंजन क्षेत्रमा नाम र दाम कमाउने चाहाना अनुरुप आफ्नो कला क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन् ।
मोडल सुजाता बुटवल जन्मथलो भएर बिगत केहि बर्षदेखि काठमाडौंलाइ कर्मथलो बनाउदै भेटनरी डाक्टरको अध्ययन संगै मोडलिङमा संघर्ष गर्दै आएकी छिन् ।
उनले मोडल सुजाताले करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गर्नुको साथै केहि गितहरुमा आफ्नो स्वर दिसकेकी छिन । त्यसैगरी विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिएर आफ्नो नृत्य तथा अभिनय क्षमता प्रदर्शन गरिसकेकी छिन । उनले उत्कृष्ट नब गायिका, उत्कृष्ट मोडल लगायतका अवार्ड जित्न सफल भईसकेकी छिन् भने विभिन्न कला सम्मान समेत पाउन सफल भएकी छिन।


सानै उमेर देखि गायिका, मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने सुजाता अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिसरत छिन । सुजाताले भनिन्, ‘अब चलचित्र र मोडलिङमै आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।’
अभिनय तथा नृत्यमा पोख्त मोडल सुजाता सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन, सुन्दर मुहार नै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

 

प्रतिक्रिया दिनुहोस्