Logo

भक्तपुरमा बलात्कार आरोपमा ५० वर्षीय श्रेष्ठ पक्राउ

३० भदौं ०७९,भक्तपुर । भक्तपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

ललितले ती महिलालाई गत आइतबार उनकै कोठामा गएर बलात्कार गरी फरार रहेको उजुरीपछि प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्