Logo

वेलायती महारानी एलिजाबेथ द्वितीयको आज अन्तेष्टि


एजेन्सी
३ असोज ०७९, लन्डन । गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टि आज हुने भएको छ ।
महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ ।

१९ डिसेम्बरमा ससदको सम्बोधनका क्रममा खिचिएको बेलायती राजकुमार चाल्स र साथमा वेलायती महारानी एलिजावेथ दोश्रो । तस्विर : एएफपि रासस

विश्व नेता, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजात वर्ग र सेना, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरू अन्त्येष्टिमा सामेल हुनेछन् । महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।
उनको निधनपछि चाल्र्स तृतीय बलायतको नयाँ राजा बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्