Logo

गोठाटारमा गोली लागेर घाइतेको मृत्यु

ललितपुर खबर

३ चैत्र ०७९, काठमाडौं ।  काठमाडौंको गोठाटारमा गोली लागेर गम्भीर घाइते लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ अज्ञात समूहले गोली हानेको थियो ।
उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको प्रहरीले जनाएको छ । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले जानकारी दिए । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि नाकाहरुमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्