Logo

नायक पल शाह र सन्दिप प्रकरणपछि अभियुक्तलाई अपराधीसरह टिप्पणी नगर्न माग गर्दै रिट


४ असोज ०७९, काठमाडौं । नायक पल शाह र सन्दिप प्रकरणपछि यौनजन्य घटनामा अपराध अनुसन्धानका बखत अभियुक्तको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका टीका टिप्पणीविरुद्ध सर्वाेच्च अदालतमा आज रिट निवेदन दायर भएको छ ।
कानून सङ्कायका विद्यार्थी रेजीना पौडेलसमेतका तर्फबाट अधिवक्ता किशोर पौडललगायतले दायर गरेको निवेदनमा व्यक्तिको गोपनीयताको हकको संरक्षण गर्दै अभियुक्तलाई अपराधीसरह लाञ्छित गर्ने गरी भएका टीका टिप्पणी कानूनसम्मत नहुने जिकिर गरिएको छ ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाई दायर सो रिटमा परमादेश\प्रतिषेधलगायत अन्य आवश्यक उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।
पछिल्लो समय नायक पल शाह र विश्व विख्यात नेपाली क्रिकेटर सन्दिप लामिछाने नाम बलत्कारको आरोपमा नाम प्रहरीले सार्वजनिक गरी मुद्दा चलाएको थियो । तर बलतकृतको नाम बदनाम गर्न नहुने भन्दै भने प्रहरीले गोप्य नै राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्