Logo

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विद्ययक प्रमाणित गर्न अस्वीकार


५ असोज ०७९, काडमाडौं । संविधानको व्यवस्थाअनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित गरेर पठाइएको नागरिकता विद्ययक(पहिलो संशोधन २०६३) राष्ट्रपति विद्यादेवि भण्डारीले १५ दिनभित्र ४ असोज (मंगलबार मध्यरात)सम्म प्रमाणीकरण गरिसक्नुपर्नेमा अस्वीकार गरेकी छिन् ।
संविधानको धारा ११३ (४) मा दुवै सदनबाट पेश भएको १५ दिनभित्र प्रमाणीकरण गर्नु पर्नेमा राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी हुन् ।
ग्तभदौं २० गते दुवै सदनबाट पारित भएको यो विद्ययक राष्ट्रपति भण्डारीसमक्ष पेश गरिएको थियो ।
राष्ट्रपति कार्यालय, शीतल निवासले अन्तिमसमयसम्म विधेयक प्रमाणीकरण गरिएको बारे कुनै विज्ञप्ती आएको छैन ।
पछिल्लो समय राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा सुरक्षा अधिकारी, कानुन व्यवसायीहरुसँग छलफल गरेकी थिइन् । छलफलहरुमा विधेयक प्रमाणीकरण नगर्न सुझाव सुझाव समेत दिएका थिए ।
नागरिकता विद्ययक प्रमाणिकरण नहुने आशंका व्यप्त रहेको अवस्थामा विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने आवाज समेत उठेको थियो ।
विद्ययकको विषयबस्तुमाथि असहमती जनाउदै संसदले पारित गरेर पठाएको नागरिकता विद्ययक राष्ट्रपति भण्डारीले पुर्नविचार गर्न संसदमै पठाएकी थिइन् । तर दुवै सदनको बहुमतले उनको त्यो पुर्नविचार गर्न दिएको सुझावलाई अस्वीकार गर्दै पुन पारितका लागि शितल निवास पठाएको थियो । एमालेको असहमती रहेको यस विद्ययकमा सत्ता गठबन्धनको बहुमत रहेको अवस्थामा संसदबाट पारित भएको हो ।
सरकारले निर्वाचन घोषणा गरेको अवस्थामा गतआइतबारबाट संसदको अवधि सकिएसँगै यो विद्ययक अलपत्र परेको छ । विद्ययक प्रमाणिकरण नहुँदा तराई धेरै नागरिक नागरिकता लिन पाएका छैनन ।
दलहरु निर्वाचनमा जुटिरहेको अवस्थामा सडक संर्घषमा नजाने र महाभियोग लगाउने संसद समेत नरहेको अहिलेको अवस्थामा यो सडकमा चर्को आवाज पनि उठ्ने अवस्था छैन ।

 

प्रतिक्रिया दिनुहोस्