Logo

फोटोपत्रकार अशोक दुलाल आर्थिक फोटोपत्रकारिता अवार्ड २०२२ बाट पुरस्कृत

अवार्ड वितरण गर्दै अर्थमन्त्री शर्मा र साथमा फोटोपत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्त ।

६ असोज ०७९, काठमाडौं । फोटोपत्रकार अशोक दुलाल ग्लोवल आईएमइ बैक आर्थिक फोटोपत्रकारिता अवार्ड २०२२ बाट पुरस्कृत भएका छन् ।
राजधानीमा विहीबार नेपाल फोटोपत्रकार समूहले आफ्नो २५ औं स्थापना दिवसको सन्दर्भमा आयोजना गरेको प्रतियोगितामा दुलालले आर्थिक विद्यातर्फबाट उत्कृष्ट हुँदै सो अवार्ड प्राप्त गरेका हुन् ।
केही दिनअघि समूहले फोटोपत्रकारहरु गगन अर्याल, मनोज पौडेल, नविनवावु गुरुङ र प्रदिपकुमार श्रेष्ठ र दुलाललाई उत्कृष्ट ५ जनामा मनोनयन गरेको थियो ।
उनलाई अर्थमन्त्री जनार्दन शर्माले पुरस्कृत गरेका थिए ।
केही समयअघि समूहले आवेदन खुल्ला गरि विभिन्न विधाहरुमा फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरेको थियो । १४ विधामा वर्ष उत्कृष्ट फोटोपत्रकारको विधागत ५ जना मनोनयनमा पर्न सफल भएको समूहले बताएको छ ।
फोटोपत्रकारितालाइ जीवनभर पेशाको रुपमा अंङगालेर हाल निवृत्त जीवन व्यतिथ गरिरहेका अग्रज सस्थापक सदस्यहरुलगायत २५ जना वरिष्ठ फोटोपत्रकारहरुलाई विशेष सम्मान गरिएको थियो ।

उनी २०६३ सालदेखि नेपाली संचारमाध्यमहरुमा सक्रिय छन् । ललितपर पोष्ट मासिक, ललित सन्देश, मानव आवाज साप्ताहिक, आर्थिक अभियान,राजधानी दैनिक,रातोपाटी डटकम हुँदै हाल उनी अन्नपूर्ण पोष्ट दैनिकमा सिनियर फोटोपत्रकारको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्