Logo

कमेडियन बुद्धि तामाङले गरे विवाह


७ असोज ०७९, काठमाडौं । हास्यकलाकार बुद्धि तामाङ विवाह गरेका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेको बताइएको छ ।
टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् ।
बुद्धि तामाङले विवाहमा आफन्तले केही चर्चित कलाकारलाई निम्तो दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्