Logo

धुलिखेलस्थित श्रीखण्डपुर खोला तर्ने क्रममा खसेर डुवेपछि वालकको मृत्यु


९ असोज ०७९, काठमाडौं । काभ्रेस्थित धुलिखेल नगरपालिका ५ श्रीखण्डपुर बस्ने रमेश लामिछानेको छोरा ११ वर्षीय रिजन लामिछानेको यसै ठाउँको पुण्यमाता खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।
काठको पुलबाट खोला तर्ने क्रममा चिप्लेपछि खस्दा डुबेर उनी खोलामा डुवेका थिए । डुवेपछि गम्भीर घाइते भएका उनको सिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्