Logo

सरकारले मंसिर ४ गते हुने निर्वाचनमा नेपाली सेना परिचालन गर्ने


९ असोज ०७९, काठमाडौं । मंसिर ४ गते. हुने प्रदेश तथा संघीय निर्वाचनका लागि नेपाली सेना परिचालन गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिएसँगै सेना परिचालन हुने निश्चित भएको हो ।
राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्ययोजना, २०७९’ मा उल्लेख भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्नका लागि सेना परिचलन गरेकी हुन् । राष्ट्रिय सुरक्षा परिषद्को गत भदौ १७ गतेको बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को भदौ २७ को निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भदौ २७ को पत्रबमोजिम सेना परिचालन गरिएको बताइएको छ ।
निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्