Logo

शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह सरकारी नर्सले गर्ने

फाइल तस्बिर

९ असोज ०७९, काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक जना नर्स उपलब्ध गराउने भएको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशीलाई हेरचाहको लागि एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।
‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्