Logo

बुधबारदेखि ‘निर्वाचन आचारसंहिता २०७९’ लागू हुने

११ असोज ०७९, काठमाडौं । निर्वाचन आयोगले बुधबार देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । ुनिर्वाचन आयोगले बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भने। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्