Logo

एकैदिन तोलामा १,२०० रुपैयाँले महंगियो सुन

१३ असोज ०७९, काठमाडौं । सुनचाँदीको मूल्यमा बिहीबार उच्च वृद्धि भएको छ । सुन तोलामा नै एक हजार २०० रुपैयाँले महंगिएको हो । चाँदी पनि आज तोलामा २५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको छ । सुनको मूल्य निरन्तर दोश्रो दिन उकालो लागको हो । बुधबार पनि सुनको तोलामा २०० रुपैयाँले वृद्धि हुँदा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढोत्तरी भएको छ । यस दिन चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन, चाँदी भने गिरावट भएको थियो । हिजो तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार १४५ रुपैयाँमा काराबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्