Logo

हरिसिद्धि सडकमा पानी ट्यांकरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

१४ असोज ०७९, ललितपुर । ललितपुर महानगरपालिका–२८, हरिसिद्धि पेट्रोल पम्पस्थित सडकमा पानी ट्यांकरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। ना. ४ ख ३१२९ नम्बरको पानी ट्यांकरले ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्