Logo

टोखामा मृत अवस्थामा भेटिए भट्टराई


१५ असोज ०७९, काठमाडौं । काठमाडौंको टोखामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ ग्रिनल्याण्ड सनमार्ग टोलस्थित निर्माणाधिन घरको भुइँ तलामा ५५ वर्षीय बलराम भट्टराई मृत अवस्थामा शुक्रबार फेला परेका हुन् । उनको घर शंखरापुर नगरपालिका साँखु चोक रहेको प्रहरीले् जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्