Logo

ललितपुरको सिद्धिपुरमा भव्य साँस्कृतिक साँझ (तस्विरहरु)

ललितपुर खबर
१६ असोज ०७९, ललितपुर । ललितपुरको सिद्धिपुरको कला, संस्कती र भेषभुसाको जनस्तरमा प्रचार प्रसार लागि शनिबार भव्य साँस्कृतिक सम्पन्न भएको छ । सिद्धिपुरमा महालक्ष्मी नगरका मेयर हरिगोविन्द महर्जनले कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा सिद्धिपुरका बाजा खलःहरुको एतिहासिक, मौलिक र इतिहाससँग जोडिएका नृत्य, बाद्यवाजन,तथा खः प्याखः (नाटकीय प्रस्तुति), सिद्धिपुर संस्कृति संरक्षण समूको संयुक्त बाजा प्रस्तुति र लाखें नाच प्रर्दशन गरिएको थियो ।
कार्यक्रममा उपमेयर,लक्ष्मी महर्जनसँगै नगरका वडाध्यक्षसँगै छिमेकी बडाका जनप्रतिनिधिहरुको बाक्लो सहभागिता थियो ।
संस्थापक अध्यक्ष सुशान महर्जनले साँस्कृतिक कार्यक्रममा नेवाः तथा आधुनिक बाजाहरुको मनमोहक तरिकाबाट प्रस्तुत गरिएको बताए ।

महर्जनले ललितपुर खबरसँग भने,‘सिद्धिपुर र समग्रमा नेवाः जातिको परम्परा, रितिरिवाज, रहनसहन, भेषभूषा, जात्रा पर्व समेट्दै विशेष प्रस्तुति रहनेछ । तीमध्ये लोपोन्मुख कला तथा प्रस्तुतिमा गरिएको छ ।’


मर्हजनले सिद्धिपुरको मात्र नभई सिद्धिपुरको छिमेकी नेवाः वस्ती हरिसिद्धि, ठैब, बाडेगाउँ, लुभु, टिकाथली, पाटन आदि ठाउँको प्रतिनिधित्व रहने गरि कला प्रस्तुति भएको बताए । युनिफिकेसन अफ द युथ (युनिटी)को आयोजनामा भएको कार्यक्रमलाई महालक्ष्मी नगर ६ वडा कार्यालय र सिद्धिपुर संस्कृती संरक्षण समूहको सहयोग रहेको थियो ।


राजधानीको पुर्वी क्षेत्रमा रहेको सिद्धिपुर मौलिक नेवारी कला संस्कृतीका लागि प्रसिद्ध छ । यहाँ सुकुल, गन्दीलगायत कलात्मक हस्तकलाका लागि नेपालभर प्रसिद्ध छ । सिद्धिपुरमा अहिले पनि धेरैजसो घरमा सुकुल बन्ने गरिन्छ । टाढा टाढाबाट सिद्धिपुरका सुकुलहरु खोज्न ग्राहक आइपुग्छन् ।

लेन्स : ललितपुर खबर

     

प्रतिक्रिया दिनुहोस्