Logo

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ गीत सार्वजनिक


१८ असोज ०७९, काठमाडौं । श्रीराम राईको दोस्रो गीत मनमा बिराईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका छन्।
राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो सार्वजनिक गरिएको छ । ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमा बिराई खोटाङकै उदीयमान गायिका हुन् ।
१० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७,दोर्पा,चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन्।
गीतकार राई बालकथा,लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विधामा उत्तिकै कलम चलाउँछन्। उनका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन्।
संयुक्त लघुकथासंग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँचवटा र ‘संयोग’ २०७९ मा उनका तीनवटा लघुकथा समावेश छन् भने उनको लघुकथासंग्रह प्रकाशनको तयारीमा छ।
रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्।

 

प्रतिक्रिया दिनुहोस्