Logo

दशैंमा मासु खाँदा घाँटीमा हाड अड्किएर एक जनाको मृत्यु


१८ असोज ०७९, चितवन । दशैंमा मासु खाँदा घाँटीमा हाड अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका ८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।
सोमबार साँझ मासु खाने क्रममा घाँटीमा हाड अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्