Logo

यस्तो छ समाजले पत्रकारलाई हेर्ने दृष्टिकोण


मिसन शर्मा
पत्रकार । एउटा विशुद्ध सामाजिक प्राणी । उ धेरै समय समाजका लागि बाँच्छ । समाजकै मुद्दा बोकेर दौडन्छ । विहान बेलुका, धाम, पानी, धुलो धुँवा, बर्षा, भुकम्प वा बाढी कुनै पनि बेला फर्सद नहुने पत्रकार सधै हतारमै हुन्छ ।
विशुद्ध सामाजिक प्राणी भएर पनि यो समाजले पत्रकारलाई कसरी बुझ्छ । आउनुस चर्चा गरौं ।
अर्थ राजनीतिक परिस्थितीवश पत्रकारिता क्षेत्र निरन्तर बदलिरहेको छ । हरेक दश बर्षमा पत्रकारिता क्षेत्र उलट पुलट भइरहेको छ ।
४० को दशकमा सरकारी मुखपत्र गोरखा पत्र नेपाल टेलिभिजनकोको राज थियो । ५० को दशमा नीजि सञ्चारमाध्यम कान्तिपुरले एक्लै राज ग¥या भने केही एफएम र रेडियोको बोलवाला रह्यो । ६०को दशकमाकान्तिपुरसँगै नीजि सञ्चारमाध्यम उदाए । यो बेला नयाँपत्रिका अन्नपूर्ण नागरिकजस्ता पत्रिकाले बजारमा हक जमाए । नीति क्षेत्रका टेलिभिजन कान्तिपुर इमेज , एभिन्युज लगायतको जमाना आयो । यो बेला रेडियो पनि उत्तिकै फस्टाए । तर ७०को दशकमा धेरै रेडियो हराएर अनलाइनको जमाना आयो । अहिले हिजोका बलिया दैनिक पत्रिका बजारमा निरिह बनेका छन् ।तर अनलाइनले बजार तताइरहेका छन् ।
यही बजारको बदलिदो आयामबीच पत्रकारिता क्षेत्र उमल्लिरहेको छ । धेरै पत्रकारहरुले बजारको बदलिदो स्वरुपसँगै आफूलाई बदल्दै लगेका छन् । जो बदलिएका छन् । उनीहरुको जीवन पनि बदलिएको छ । बाँकी अलमलिएका छन् । रुमल्लिएका छन् ।
यस्तो परिस्थितीबीच एउटा पत्रकारलाई समाजले बस्तो बुझ्छ त ? चर्चा गरौं
१. पार्टीको झोले पत्रकारिता
प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र हुँदै बदलिएको राजनीतिक परिस्थितीले पत्रकारिता क्षेत्र पनि बदलियो । धेरै पत्रकारहरु दलको निकट भएर पत्रकारित ागर्न थाले ।
हुन त २०४६ सालको परिवर्तनअघि पनि यो प्रबृद्धि थियो । राजनीतिक व्यवस्था बदल्नैका लागि राजनीतिक दलहरुले पत्रकारितालाई एउटा टुल्सको रुपमा प्रयोग गर्दै मिसन नै चलाएका थिए ।
तर त्यो मिसन पुरा भएपछि पनि पत्रकारिता क्षेत्रमा मिसन बोक्नेहरु अझै पत्रकारिता क्षेत्रमा बग्रल्ती छन् । उनीहरु पत्रकारिताको मुकुण्डो लगाएर दलको गुलाम गर्छन् । अनि राजनीतिक अभिष्ट पुरा गर्दै समाजमा नेता बनेर निस्किन्छन् । अनि पत्रकारिता क्षेत्रलाई नै गाली गर्न थाल्छन् । यो प्रबृतिले नेपाली पत्रकारिता क्षेत्रमा रहेका हरेक पत्रकार दलको झोले हुन् भन्ने भ्रम छ । तर त्यो सत्य होइन । आशिक सत्य हो । सबै पत्रकार झोले होइनन् ।
तर राजनीतिक संरक्षण र राजनीतिक भुमरीबाट बाँच्नका लागि केही पत्रकार राजनीतिक भातृ संगठन निकट छन् । तर उनीहरुले पेशागत मर्यादा आँच नपुग्ने गरि काम गरिरहेका पाइन्छन् ।
२.विकाउ पत्रकारिता
नेपाली पत्रकारिता क्षेत्र आर्थिक रुपमा २ भागमा विभाजन छ । १.कर्पोरेट मिडिया २. स्वरोजगार मिडिया ।
बजारमा कर्पोरेट मिडियाको बोलवाला छ । ठूला सञ्चारमाध्यमले मिसन चलाएर झूटो प्रचार गरेपनि बजारले पत्याउछ । तर सानो मिडियाले लेखेको कटु सत्य पनि बजारले इन्कबार गर्छ । तर साना मिडिाले लेखेको नेगेटिभ इस्युलाई बजारले स्वीकार गर्छ ।
धेरै पत्रकारको दैनिकीलाई यही परिस्थितीले बिथोलेको छ । बजारको निर्देशनमा हजारौं पत्रकार हिड्न बाध्य छन् । मुलत कपोरेट मिडियामा काम गर्ने पत्रकारहरु सम्पादकको अघिनमा काम गर्छन् । उनीहरुलाई मिडिया हाउसले परिचालन गर्छ । तर मिडिया हाउसहरु भिन्न भिन्न मिसनबाट चलाइएका छन् । त्यसैले कपोर्रेट मिडियाका पत्रकार होलसेलमा बिकेका छन् । यो कुरा पाठकले बुझ्दैनन् ।
विकाउ पत्रकारिताको सन्दर्भमा साना मिडिया बदनाम छन् । परिस्थिती बाध्यता एक ठाँउमा होला । उनीहरुको दैनिक धान्नकै लागि पनि विज्ञापन जरुरी छ । तर बजारमा बेलाबखत आउने रेडियो,साप्ताहिक पत्रिका हुँदै अनलाइन पत्रकारिताको बाढीले ती पत्रकारहरुले बजारसँग मोल माग्न थालेको छ । अनि पत्रकार विकेको देखिन्छ ।
बजारमा मागभन्दा धेरै साना मिडियामार्फत समाचार आपूर्ति भइरहेको छ । त्यसैले हरेक पत्रकारले मूल्य पाइरहेका छैनन् । सरकारले पनि स्वरोजगार मिडियालाई खासै हेरेको छैन । उता लोककल्यार्णकारी विज्ञापन राजनीतिक दलका कार्यकर्ताले चलाएरका सञ्चारमाध्यमले तर मारिरहेका छन् । सरकारी कोषको करोडौं रकम दुई चार प्रति छापेर सरकारलाई बुझाउदै उनीहरु पैसा बुझिरहेका छन् ।
३.छद्भेषी अनलाइन पत्रकारिता
पत्रकारिता बदनाम हुन छद्मभेषमा अनलाइन पत्रकारित ागर्नेहरुका कारण अनलाइन मिडिया बद्नाम हुँदै गएको पाइन्छ ।
चलाउन सझिलो सस्तो र किफायती हुँदा हाजकल हरेक व्यक्तिको नाममा अनलाइन दर्ता गरिएको छ । त्यसैले जसले पनि पत्रकारको दर्जा पाइरहेको छ । अनि पत्रकारिताको नाम दिएर ती अनलाइनमा जे पनि लेखिरहेको छ ।
अनलाइन पत्रकारित ागर्न कुनै परिक्षा पास गर्न नपर्ने, सरकारी अड्डामा दर्ता गर्नासाथ लेख्न पाइने र कार्ड झ्ण्ड्एर कारमा प्रेस लेख्न पाउने भएकाले धेरै छद्मभेषी आजकल पत्रकार बनिरहेका छन् । ठूला व्यापारी, तस्कर,बिचौलिया,वकिल,शिक्षकदेखि मासु पसले सम्म अहिले पत्रकारको कार्ड बोक्छन् । अनि मोवाइल तेस्याएर फोटोपत्रकारिता गरिरहेका छन् ।
सरकारले पनि पत्रकारको बर्गिकरण गरेको छैन । त्यसैले समाजले जसलाई पनि पत्रकार बुझ्ने र राम्रा र असली पत्रकारहरु समेत बद्नाम हुने अवस्था आएको छ । यसको निराकरणका लागि सरकारले पत्रकारको बर्गीकरण गर्ने र लाइसेन्सको व्यवस्था गर्नु हत्तार भइसेको छ ।
परिस्थिती र बाध्यताबस बद्नामी रोक्न सरकारले गर्ने कडा व्यवस्थालाई धेरै पत्रकार बटुलेर राजनीति गर्न पल्केकाहरुले विरोध गरिरहेका छन् । बुझेर वा नबुझेर धेरै पत्रकारहरु समेत कडा व्यवस्थाको पक्षमा छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्