Logo

दशैंमा दशा : जीपको ठक्करपछि श्रीमानको मृत्यु, श्रीमति घाइते


१९ असोज ०७९, चितवन । दशैंको दिन चितवनमा जीपको ठक्करबाट श्रीमान्को मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् ।
भरतपुर महानगरपालिका २९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका ५ का ४८ वर्षीय मित्रलाल पङगेनीको मृत्यु भएको हो ।
टाउकोमा गम्भिर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमति ४० वर्षीया राधा घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्