Logo

एमालेबाट भक्तपुर १ मा नवराज गेलाल र २ मा महेश वस्नेतको नाम सार्वजनिक

२२ असोज ०७९, काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट भक्तपुरमा टिकट पाउनेहरुको नाम सार्वजनिक भएको छ । सोहीअनुसार भक्तपुर क्षेत्र नं १ मा नवराज गेलाल रहेका छन् । गेलाल यसअघि जिल्ला समन्वय समिति भक्तपुरका सभापति थिए । यस्तै, भक्तपुर क्षेत्र नं २ मा महेश वस्नेतको नाम सार्वजनिक भएको छ । उनी पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभामा पछिल्लो पटकको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

यस्तै प्रदेश सभा १ ख (भक्तपुर नगर) मा नारायणसुन्दर सिन्ताकल र १ क (चाँगुनारायण) मा मोहनवीर श्रेष्ठको नाम सार्वजनिक भएको छ । यस्तै प्रदेश सभा २ ख (मध्यपुर थिमि) मा चन्दनकृष्ण श्रेष्ठ र प्रदेश सभा २ क (सूर्यविनायक) मा किरण थापाको नाम सार्वजनिक भएको छ ।

एमाले पार्टी भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले मंसिर ४ मा हुने निर्वाचनका लागि उनीहरुको नाम सार्वजनिक भएको पुष्टी गरे । ‘तर यो नै फाइनल नहुनसक्छ’, उनले भने, ‘भोलि यसमा तलमाथि पनि पर्नसक्छ ।’

प्रतिक्रिया दिनुहोस्