Logo

ग्रीसमा शक्तिशाली भूकम्प धक्का


२३ असोज ०७९, एथेन्स । ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । यहाँ ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।
भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।

 

प्रतिक्रिया दिनुहोस्