Logo

निर्वाचनको प्रचारमा राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने


२३ असोज ०७९, ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेससभा निर्वाचनका लागि हुने उम्मेदवारको प्रचार प्रसारका क्रममा राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने भएको छ ।
यही असोज १२ गतेदेखि कार्यान्वयनमा आएको निर्वाचन आचारसंहितामा अघिल्ला निर्वाचनको भन्दा आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा प्रचारप्रसारका क्रममा बढीमा १० वटा भन्दा धेरै झन्डा प्रयोग गर्न पाइदैन ।
यसरी प्रचार गर्दा मतदानको १७ दिन अघिदेखि मात्र प्रचारप्रसार गर्न पाइन्छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता कार्तिक १७ गतेबाट मात्रै निर्वाचनको प्रचार गर्न पाइन्छ ।
उम्मेदवारले निर्वाचनका क्रममा उम्मेदवारी दर्ता गर्न जाँदा २५ जनाभन्दा धेरै समर्थक मुख्य निर्वाचनको कार्यालय वा निर्वाचन कार्यालयमा लिएर जान पाउदैन । प्रचारका क्रममा पनि २५ जनाभन्दा धेरै समर्थक घरदैलोमा लैजान नपाउने व्यवस्था छ ।

स्थानीय निर्वाचनमा काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह र धरान उपमहानगरका मेयरका स्वतन्त्र उम्मेदवारलगायतले झण्डा प्रयोग गरेर निर्वाचन प्रचार अभियान सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्