Logo

ललितपुरमा १ सय ३६ जनाले दिए उम्मेदवारी

२४ असोज ०७९,ललितपुर । ललितपुरमा प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनको १ सय ३६ जनाले उम्मेदवारी दिएका छन् ।
यहाँ नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनसहित प्रतिपक्षी दल एमाले, राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, केही स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।
ललितपुरमा ३ वटा प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्र छन् भने हरेकमा २ वटा गरि ६ वटा प्रदेससभा निर्वाचन क्षेत्र छन् ।
निर्वाचन कार्यालयहरुका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा २१, क्षेत्र नं. २ मा ४४ र क्षेत्र नं. ३ मा ४३ जनाले उम्मेदवारी दिएका छन् ।
ललितपुर क्षेत्र नं.१ को प्रदेशसभा क मा १३ जना र क्षेत्र नं. खमा १५ जनाले उम्मेदवारी दिएका छन् ।


क्षेत्र नं.२को कमा १० जना र ख ११ जना उम्मेदवारी दिएका छन् । क्षेत्र नं. ३को कमा १२ जना र ख ९ मा जनाको उम्मेदवारी परेको छ ।
ललितपुर १ मा प्रतिनिधिसभामा निवर्तमान सांसद एवं एमालेका नेता नवराज सिलवाल, गठबन्धनका तर्फबाट कांग्रेसका उदयशमशेर राणा, राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपाबाट सन्दीप आचार्य, उम्मेदवार डा. सचिन घिमीरे,हाम्रो नेपाली पार्टीबाट अशोककुमार केसी आदिले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्बर १ को प्रदेश क मा एमालेवाट मधुसुधन पौडेललगायतले उम्मेदवारी दर्ता गराएका छन् भने खबाट एमालेका निवर्तमान प्रदेशसभा सदस्य चेतनाथ सञ्जेल र गठबन्धनबाट कांग्रेसका मीनकृष्ण महर्जनले उम्मेदवारी दिएका छन् ।


यसैगरी क्षेत्र नम्बर २ मा ४४ जनाले उम्मेदवारी दिएका छन्। जसमा प्रदेशसभा १ मा २ स्वतन्त्रसहित १० जना र यही निर्वाचन क्षेत्रको प्रदेशसभा २ मा ३ स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा उत्रिएको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिए। यो निर्वाचन क्षेत्रको प्रतिनिधिसभातर्फ एमालेबाट प्रेमबहादुर मर्हजन, गठबन्धनबाट एकीकृत समाजवादीका कृष्णलाल मर्हजन, राप्रपाबाट रघुवीरराज थापा उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारीहरुमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ एवं वर्तमान उर्जा सिँचाइमन्त्री पम्फा भुसालसहित नेकपा एमालेबाट अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की, राप्रपाबाट निरञ्जन थापालगायतले उम्मेदवारी दिए ।


क्षेत्र नं. ३ प्रदेससभाको कबाट एमालेबाट रघुनाथ मर्हजन, गठबन्धनतर्फबाट माओवादीका राजकाजी मर्हजन, राप्रपाबाट विनोद खड्कालगायतले उम्मेदवारी दिए । क्षेत्र ३ नम्बर निर्वाचन क्षेत्रको प्रदेश ख तर्फ गठबन्धनबाट कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ, एमालेबाट प्रेमभक्त मर्हजन र राप्रपाबाट सविनकुमार खड्कालगायतले उम्मेदवारी दिएका छन् ्।

 

प्रतिक्रिया दिनुहोस्