Logo

कान्छो उम्मेदवार किरण केसीले गरे उम्मेद्वारी दर्ता

२४ असोज ०७९, काठमाडौं । अस्ट्रेलियाबाट फर्किर सांसदमा उठ्न लागेका किरण केसीले उम्मेद्वारी दर्ता गरेका छन् । आइतबार उनी बालाजु नापतौल विभागमा रहेको निर्वाचन कार्यालयमा स्वयं उपस्थित भएर उम्मेद्वारी दर्ता गरेका हुन् । कान्छो उम्मेदवारको रुपमा परिचित २८ वर्षीय केसी काठमाडौं ७ बाट उम्मेदवार बनेका हुन् । उनी अस्ट्रेलियाबाट आएदेखि नै चुनाव केन्द्रित अभियानमा छन् ।
त्यस्त केसीले आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् । दैनिक भेटघाट र रणनीति निर्माणमा हाल उनको टिम लागिरहेको छ । केसी हाल उम्मेदवारी घोषणा गरेका मध्येमा कान्छा उम्मेदवार मानिन्छन् । काठमाडांै ७ मा एमालेबाट रामवीर मानन्धर सांसद थिए । रामवीर मानन्धरले यसपटक टिकेट पाएनन् । एमाले कांग्रेसले यसपटक आफ्नै उम्मेदवार नउठाई अरुलाई समर्थन गरेको छ । केसीको तुलनामा अरु स्वतन्त्र उम्मेदवार फिका देखिएका छन् । हाल विभिन्न उम्मेदवार किरण केसीसँग मिल्न वा मिलेर जान भेटघाट गर्न आइरहेका छन् ।

को हुन् किरण केसी ?
 किरण केसी एक समाजसेवी तथा अभियन्ता बुबा ध्रुब बहादुर केसी र पुर्व शिक्षिका तारा केसीका सुपुत्र हुन् ।
 आफुलाई चिन्न घर छाड्नुपर्छ तर घर कहिल्यै बिर्सनु हुन्न भने झैँ भारतको बेंगलोर सहरमा मेकानिकल इन्जिनियरिङ शिक्षा हासिल गरि अष्ट्रेलियाको फेडेरेसन विश्वविद्यालयमा उच्च शिक्षा(एमबीए) पढेर देश बनाउने अठोटका साथ नेपाल फर्किएका छन् ।
 संस्कृतिको धनि सहर काठमाडौंमा जन्मिए कम उमेरमै देशका ३० भन्दा धेरै जिल्लामा विभिन्न कामको सिलसिलामा घुमिसक्नु भएकोले नेपाली संस्कृति , नेपालीपन प्रति गहिरो आस्था र माया रहेको छ ।
 साढे बाइस वर्षमै इन्जिनियरिङ पढाइ सकेर नेपालमै पहिलो पटक स्वचालित मोटरसाइकल धुने मेसिनको परिचय गराई, व्यावसायिक सफलता हासिल गरि सकेका छन् ।
 शिक्षित र सक्षम इन्जिनियर तथा व्यवसायी जसलाई विदेश मोह भन्दा स्वदेश प्रेम ठूलो लाग्छ तसर्थ केसी व्यक्ति होइनन् विचार हुन् ।
 विदेशीएका लाखौं नेपालीका प्रतिनिधि बनि ‘नेपाल जाऔं देश बनाऔं’ भन्ने सोचका साथ नेपाल फर्किएका छन् ।
 देशमै भिन्न भिन्न किसिमका व्यवसाय स्थापना गरि अस्ट्रेलियाको ३ ठूला मुख्य प्रान्तमा आफ्नो छुट्टै व्यवसाय सफलता पूर्वक स्थापना तथा संचालन गरिसकेका छन् ।

किरण केसी नै किन ?

 समाजसेवी बुबा र पुर्व शिक्षिका आमा बाट प्रेरित भै सामाजिक रुपान्तरण र सुशासनमा विश्वास राख्ने भएकोले ।
 नेपालमै जलविद्युत र अटो मोबाइल्स जस्ता प्राविधिक क्षेत्रमा आफ्नो अनुभव बटुली सकेकोले ।
 अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्पादन सफलताका साथ प्रवर्धन गरि उच्च व्यावसायिक छवी बनाउन सफल भएकोले ।
 आफ्नै व्यवसाय बाट हुने आयले आफु आर्थिक निर्भरताबाट छुटकारा पाउनु भएकोले राज्यको ढुकुटीको कुनै लोभ नगरी आफ्नो तलव तथा भत्तालाई सामाजिक र भौतिक विकासको लागि प्रयोग गर्ने घोषणा गरेकोले ।
 नेपालका दलहरुको संरचना र कार्यशैलीले देश विकासका एजेन्डा पछाडी परेको कारण फोहोरी राजनीतिको दलिय संलग्नतामा नलागी स्वच्छ छविको साथ स्वतन्त्र रुपमा अघि बढेकोले ।
 छोटो समयमा हुने विभिन्न देखावटी विकास भन्दा दिर्घकालिन रुपमा विकासका विविध एजेण्डा अगाडी सारेकोले ।
 तत्काल भैरहेका विभिन्न विकास निर्माणका काममा भएका अनियमिततालाइ पूर्ण गुणस्तर कायम गर्न आफैले निरीक्षण गर्नु पर्छ भन्ने अठोट भएकोले ।
 आफ्नो क्षेत्र ( काठमाण्डु क्षेत्र न. ७ ) भित्रका १० वटै वडाका सम्पूर्ण लेखा परिक्षणमा आफ्नो प्रत्यक्ष संलग्नता रहने प्रतिवद्धता गरेकोले ।
 सधै समतामुलक , समानुपातिक र वैज्ञानिक समाजको परिकल्पना गर्ने , समस्याको वैज्ञानिक समाधानले मात्रै दिर्घकालिन विकास दिनसक्छ भन्ने विश्वास राख्ने भएकोले ।
 मेक इन् नेपाल अभियानको प्रवद्र्धन र अभ्यासकर्ता र राष्ट्रिय एजेण्डा बनाइ हिँडेकोले ।
 आफु भ्रष्टाचार नगर्ने र गर्नेलाई कानुनको दायरामा ल्याउन आफु लागि पर्ने संकल्प गरेकोले ।

प्रतिक्रिया दिनुहोस्