Logo

भक्तपुरमा ११ वर्षकी बालिकामाथि बलात्कार, १ जना पक्राउ

साँकेतिक तस्विर : इन्टरनेट

२५ असोज ०७९, भक्तपुर  ।  भक्तपुरमा ११ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोटमा डेरा गरी बस्ने एक बालिकालाई गए राति उनकै डेरामा गएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी घर भएका ३५ वर्षका रामबहादुर सुनार रहेका छन् । बालिकाको स्वास्थ्य परीक्षण गराइएको र आरोपी सुनारमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्