Logo

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण


२६ असोज ०७९, काठमाडौं । निर्वाचन आयोगले आज बुधबार ४ मंसिरमा हुने निर्वाचनका उम्मेदवारहरुलाई अन्तिम नाम प्रकाशन गर्ने भएको छ । साथै आयोगले निर्वाचन चिह्न प्रदान गर्दैछ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ ।

 

प्रतिक्रिया दिनुहोस्