Logo

सत्यमोहन जोशीलाई फेरि आईसीयूमा राखेर उपचार

२७ असोज ०७९, काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई फेरि आईसीयूमा सारेर उपचार थालिएको छ । स्वास्थ्यमा सुधार आएपछि हिजो उनलाई आईसीयूबाट डिलक्स क्याबिनमा सारिएको थियो । तर फेरि समस्या देखिएपछि उनलाई बिहानदेखि आईसीयूमा सारिएको किष्ट मेडिकल कलेजले जनाएको छ। अस्पतालकाअनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर उपचार थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्