Logo

थापाथलीमा अनधिकृत संरचनामा हटाउन शुरु

फाइल तस्बिर

२८असोज ०७९, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन शुरु गरेको छ । महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्र सुकुम्बासी बस्ती नजिकै निर्माण भएका अनधिकृत संरचना हटाउन शुरु गरेको हो ।
सो क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनाहरु अनधिकृत भएकोले हटाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्