Logo

ललितपुरमा बुंग महोत्सवका रोचक दृश्य

२९ असोज ०७९, ललितपुर । ललितपुर बुंगमतीमा बुंग महोत्सवमा शनिबार रोचक दृश्य देखिए । शनिबार ललितपुर महानगरलगायतका संघ संस्थाको आयोजनामा भएको मेलामा विभिन्न स्थानीय उत्पादको प्रर्दशनी विक्रि, तस्विर र कला प्रर्दशनी फेस पेन्टिङ, विभिन्न खेलहरु समेत सञ्चालित थिए ।


मेलामा विभिन्न गायक गायिकाहरुले परम्परागत गीत संगीत सुनाएका थिए । विभन्न परम्परागत नेवारी खाना र खाजाको स्टल थिए । यहाँ युवा युवतीहरु हाकु पटासी पोशाकमा सहभागी भएका देखिन्थे ।


मेला हेर्न बुगंमती र छिमेकी गाँउहरुबाट हजारौं आगन्तुक आएका थिए ।

   

प्रतिक्रिया दिनुहोस्