Logo

अलविदा सत्यमोहन बा ! (तस्विरहरु)


ललितपुर खबर
३० असोज ०७९, ललितपुर । संस्कृतीविद् तथा शताव्दी पुरुष सत्य मोहन जोशीको अन्तिम श्रद्धाञ्जली दिइएको छ । आज ललितपुर महानगरमा प्रहरीको एक टुकडीले सलामीसँगै अन्तिम श्रद्धाञ्जली दिएको हो ।


आज विहान ग्वार्कोस्थित किष्ट अस्पतालले मृत घोषणा गरेसँगै अस्पताल परिसरमा श्रद्धाञ्जली दिन राखिएको थियो । उनको पार्थिव शरिरलाई श्रद्धाञ्जली दिन ललितपुर महानगरमा ल्याइयो । मेयर चिरिवावु महर्जन, उपमेयर मञ्ली शाक्य, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कलाकार मदनकृष्ण श्रेष्ठ,एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललगायतले श्रद्धाञ्जली दिए ।


त्यसपछि उनको शवयात्रासँगै ग्वार्कोस्थित किष्ट मेडिकल कलेज पु¥याइ विद्यार्थीहरुले शव बुझेका थिए । शव बुझेपछि उनीहरुले उनको पार्थिव शरिरलाई सही उपभोग गर्ने सपथ खाए ।


परिवारजनले जोशीको तस्विर बोकेर श्रद्धाञ्जली दिएसँगै अस्पतालपरिसरमा सहभागीहरु भावुक भएका थिए । ललितपुर खबर

   

प्रतिक्रिया दिनुहोस्