Logo

सूर्यविनायकका ब्रजेश उपाध्याय बैंकिङ कसुरमा पक्राउ

३१ असोज ०७९, भक्तपुर । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घर भएका ब्रजेश उपाध्याय पक्राउ परेका छन् । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उनलाई २ करोड ६१ लाख बिगो रकम जाहेरवाललाई भराउन र सो बराबरको रकम जरिवाना तिराउने फैसला गरेको छ । २०७९ साउन २३ मा भएको सो फैसलापछि उनी फरार थिए । प्रतिवादीलाई पक्राउ गरेर ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्