Logo

केपी शर्मा ओली बिरामी

१ कार्तिक ०७९, काठमाडौं ।  एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्। गृहजिल्ला झापामा आएका अध्यक्ष ओली अस्वस्थ भएका हुन्। उनलाई ज्वरो, रुघाखोकीले सताएपछि दमक ९ स्थित निवासमा आराम गरिरहेका छन् ।
प्रेस चौतारी झापाले मंगलबार साँझ ओलीसँग पत्रकार सम्मेलन राखेको थियो। यद्यपि, सन्चो नभएका कारण उनी पत्रकार सम्मेलनमा आउन नसकेको एमाले नेता तथा झापा ५ ख का उम्मेदवार हिक्मत कार्कीले जानकारी दिए। ओलीलाई ज्वरो आएपछि अन्य आन्तरिक कार्यक्रम र भेटघाट पनि स्थगित गरिएको छ।

ओली एमालेको तर्फबाट ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापा ५ को प्रतिनिधिसभा उम्मेदवार हुन्। उनी मंगलबार झापा आएका हुन्। उनी झापामा बिहीबारसम्म रहनेछन्।

प्रतिक्रिया दिनुहोस्